काठमाडौँ । नेपाली कांग्रेसले सातौँ पटक महाधिवेशन कार्यतालिका संशोधन गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिको हिजोको बैठकले महाधिवेशन अन्तर्गतका प्रक्रिया छठपछि सुरु हुने गरी कार्यतालिका तयार पारेको हो । यसबारे आज निर्णय गरेर कार्यतालिका सार्वजनिक गर्ने निर्वाचन समितिको तयारी छ ।
तयारी भएको कार्यतालिकाअनुसार यसअघि रोकिएको अधिवेशन प्रक्रिया आउँदो २७ गतेदेखि सुरु गर्ने र केन्द्रीय महाधिवेशन मङ्सिर २७ गतेदेखि २९ गतेसम्म गर्ने उल्लेख गरिएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिको बैठकले महाधिवेशनको नयाँ मितिसँगै निर्धारित समयमा हुन नसकेको बाँकी अधिवेशनको कार्यतालिका पनि तय गरेको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । यसैगरी जिल्ला अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन मङ्सिर १० गते तथा प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गते गर्ने तय गरिएको उनले बताए ।
कांग्रेसले यसअघि महाधिवेशन मिति मङ्सिर ९ देखि १३ गतेसम्म निर्धारण गरिएको थियो ।
पार्टीले गएको भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु गरेकोमा अहिलेसम्म १३ हिमाली जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ । ५१ जिल्लामा स्थानीय तहसम्म अधिवेशन भएको छ । तर १३ जिल्लामा भने वडा अधिवेशन नै भएको छैन ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने