नेकपा एमालेले कास्कीका ५ पालिकामध्ये ३ पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मंगलबारदेखि सुरु भएको पहिलो पालिका अधिवेशनमा मादी, रुपा र अन्नपूर्ण गाउँपालिकामा सहमतिमा नेतृत्व चयन गरिएको हो । पोखरा महानगरपालिका र माछापुच्छ्रेमा भने सहमति नहुँदा नेतृत्व चयन हुन सकेको छैन ।
मादी गाउँपालिका कमिटीको अध्यक्षमा बालकृष्ण गुरुङ, उपाध्यक्षमा एकजंग गुरुङ, सचिवमा सुवास सापकोटा, उपसचिवद्वयमा राजु अधिकारी र प्रतिक्षा पौडेल चयन भएका छन् ।

अन्नपूर्ण गाउँपालिका कमिटिको अध्यक्षमा विवेक देवकोटा, उपाध्यक्षमा मीनाकुमारी गुरुङ, सचिव मदनप्रसाद पौडेल, उपसचिवमा दानबहादुर केसी र विराज सुवेदीलाई चयन गरिएको छ ।
यस्तै, रुपा गाउँपालिका कमिटी अध्यक्षमा पुन: सवाबक्स मियाँ निर्विरोध चयन भएका छन् । उपाध्यक्षमा निलकण्ठ रेग्मी, सचिवमा टेक बहादुर गुरुङ्ग, उपसचिवमा सोम सुनारी र बल बहादुर श्रेष्ठ चयन भए ।

माछापुच्छ्रे गाउँपालिकाको अधिवेशन भने स्थगन गरिएको छ । उद्घाटन समारोहपछि नेतृत्व चयन प्रक्रिया सुरु भएकाेमा आकांक्षीबीचमा सहमति नजुटेपछि उम्मेदवारको सहमतिमा अधिवेशन स्थगन गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए । अध्यक्षका आकांक्षीबीच छलफल गरेर उनीहरुबीचको सहमतिअनुसार निर्वाचन प्रक्रिया सुरु हुनेछ । अध्यक्षका लागि विक्रम गुरुङ, महेश्वर दवाडी, यदुराम अधिकारी र पानबहादुर जिसीले मनोनयन दर्ता गराएका छन् ।
यसैगरी, पोखरा महानगरपालिकामा आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । पोखराको नेतृत्व लिनका लागि दीपक पौडेल, तेजनारायण अधिकारी, दिलीप न्यौपाने, धनबहादुर नेपाली र हरिप्रसाद त्रिपाठी आकांक्षी छन् ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने