पोखरामा स्कूल बसको ढोकाबाट खसेका विद्यार्थीको मृत्यू भएको छ ।
पोखरा २५ हेम्जा स्थित ज्ञानसागर एकेडेमी स्कूलमा यूकेजी कक्षामा अध्यनरत ८ वर्षीय रोमन तामाङको सोही स्कूलको बसको ढोकाबाट खसेर मृत्यु भएको कास्की प्रहरीले जनाएकाे छ ।
विद्यालय छुट्टी भएर विद्यार्थीलाई घर छाड्न छुटेकाे ना१क २३७३ नं. काे बस मंगलबार दिउँसो ३ : २५ बजे दुर्घटना भएकाे थियाे । दुर्घटनामा गम्भीर घाइते भएका बालक तामाङलाई उपचारको लागि पोखराको फिस्टेल हस्पिटल लगिएकोमा चेकजाँचका क्रममा अाधा घण्टामै चिकित्सकले बालकलाई मृत घोषणा गरेको थियाे ।
प्रहरीले बस चालक धादिङ गंगाजमुना -६ घर भइ पोखरा -१ सिमपानी बस्दै आएका ४७ वर्षीय सानोकान्छा थापालाई पक्राउ गरी सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ।
पाेखरामा एकाध बाहेक सबैजसाे स्कुल बसहरू खचाखच विद्यार्थी काेचेर गुड्छन् । यसले दुर्घटनाकाे जाेखिम बढ्दछ । विद्यार्थी संगठनहरूले यस विषयमा सम्बन्धित विद्यालय, प्रशासन, महानगरमा ध्यानाकर्षण गराएपनि समस्या समाधानतर्फ चासाे कसैले देखाएका छैनन् ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ