एमाले पोखरा महानगर कमिटि अध्यक्षमा ५ जना उम्मेदवार, २ जना उपसचिवमा १६ जना !

एमाले पोखरा महानगर कमिटि अध्यक्षमा ५ जना उम्मेदवार, २ जना उपसचिवमा १६ जना !

Uml-PKr

नेकपा एमालेको पोखरा महानगरपालिका कमिटिकाे नेतृत्व लिन ५ जना कस्सिएपछि दाेस्राे दिन पनि नेतृत्व चयन हुन सकेन । अध्यक्ष पदमा ५ जना प्रतिष्पर्धामा उत्रिएका छन् । बुधबार ५ जनाले मनोयन दर्ता गरेका हुन् ।

वर्तमान अध्यक्ष दीपक पौडेल, महानगर संयाेजक भइसकेका तेजनारायण अधिकारी, पार्टी नेता एवं पाेखरा महानगरका प्रवक्ता धनबहादुर नेपाली, युवा नेता दिलीप न्यौपाने र हरिप्रसाद त्रिपाठीले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ताको कार्यक्रम तथा समय सीमा सकिएको निर्वाचन समितिले जनाएको छ ।

नगर कमिटीमा एकजना अध्यक्ष, १ जना उपाध्यक्ष, १ जना सचिव र २ जना उपसचिव हुने हुने पार्टी विधानले ब्यवस्था गरेको छ । उपसचिवका लागि १६ जनाको उम्मेदवारी परेको छ ।

उपाध्यक्षमा राजकुमारी भुजेल, बैनबहादुर गुरुङ, उमा परियार, मोहन गुरुङ र सुस्मिता केसी भट्टराईको उम्मेदवारी परेको छ । सचिवमा जीवनप्रसाद आचार्य र गोकर्ण अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् ।

उपसचिवमा दलबहादुर खत्री, हरिमाया गुरुङ, सिमबहादुर गुरुङ, दुर्गाप्रसाद श्रेष्ठ, बलराम गिरी, रामचन्द्र थापा, प्रकाश पौडेल, शिवप्रसाद आचार्य, हरिप्रसाद लम्साल, मीनबहादुर थापा, विष्णु पुन, वीरेन्द्र भण्डारी, सूर्य भण्डारी, विष्णुहरि तिमिल्सिना, सुवास ढुंगाना र सीता विकले उम्मेदवारी दर्ता गरेका छन् । भूगाेलका सदस्यहरू पनि केही वडाले निर्विराेध चयन गर्न सकेका छैनन् । कुनै वडाले भने भूगाेलबाट सर्वसम्मत सदस्य चयन गरेर मनाेनयन दर्ता गरेका छन् ।

नेताहरूकाे ‘इन्ट्रेष्ट’ले सर्वसहमतिमा बाधा

मंगलवारदेखि सुरु नगर अधिवेशनमा नेतृत्व चयनको कार्यतालिका छ । सकेसम्म सर्वसम्मत सबै पदमा छिनाेफानाे गर्ने प्रयास भइरहेकाे छ ।अहिले केहीले मनाेनयन फिर्ता गर्ने साेच बनाइसकेका छन् । पार्टी फूटपछिकाे पहिलाे अधिवेशन भएकाले पनि देशभर सहमतिमै एकताकाे अधिवेशन गरी एमाले एकजुट रहेकाे सन्देश दिने पार्टीकाे म्याण्डेड हाे । तर, स्थानीय नेताहरूकाे प्रभावले नेतृत्व सहजै चयन हुन असम्भव बनेकाे हाे ।

पार्टी संघीयतामा अवधारणामा गएपछि एमालेले पहिलो अधिवेशन मानेकाले महानगरको नेतृत्वका लागि प्रतिस्पर्धा चलेको हाे । ३३ वडा रहेको महानगरको अध्यक्ष शक्तिशाली देखिएकाले एमाले भित्रको गुटगत राजनीति समेत देखिएको छ । एमालेका प्रभावशाली नेताद्वय खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङले आ–आफ्नो समर्थकलाई अगाडि बढाएकाले पोखरा महानगरमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेको हो । काेहि बार्गेनिङ, काेहि दबाब सिर्जना गर्न पनि उठेका छन् ।

दिलिप न्यौपाने यहाँका प्रभावशाली नेता खगराज अधिकारी समर्थक हुन् । दिपक पौडेल र तेजनारायण अधिकारी पृथ्वीसुब्बा गुरुङ समर्थक हुन् । खगराज क्याम्पबाट सरेका पाैडेल र अधिकारी मिलाउन जगत विश्वकर्मा खटिएका थिए । विकले अधिकारीलाइ अध्यक्ष बनाउन चाहेकाे बुझिन्छ । किरण गुरूङ समर्थक मानिने सञ्जीव बहादुर कोइरालाले भने चर्चा चलाएर पछि उम्मेदवारी दिएनन् ।

यद्यपी नेताहरू सकेसम्म सहमतिमै टुंगाउन लागिपरेका छन् । तर, उनीहरूकाे निजी इन्ट्रेष्ट अाफ्नै हुनुपर्ने हुँदा टुंगोमा पुग्न नसकेको हो । मुखले ‘सर्वसम्मति नै हुनुपर्छ, चुनावसम्म पुग्नु हुँदैन’ भन्ने तर आफ्नै समूहका नै हुनुपर्ने अडानमा रहँदा पनि निश्कर्षमा पुग्न नसकेको हो ।

नेताहरू खगराज अधिकारी, जगत विश्वकर्मा, सीता गिरी, भीम कार्की लगायत अधिवेशन स्थल पाेखरा सभागृहमा रहेर चरण चरणमा छलफलमा जुटेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds