पछिल्लो २४ घण्टामा गण्डकीमा थप ५५ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा गण्डकीमा थप ५५ जनामा कोरोना संक्रमण

corona-Update

पछिल्लो २४ घण्टामा गण्डकीका ५५ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ४९३ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा गण्डकीका सात जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २४ जना, लमजुङका एक जना र नवलपुरका नौ जना छन्। भने, स्याङ्गजाका पाँच जना, पर्वतका दुई जना, बाग्लुङका दुई जना र म्याग्दी जिल्लाका १२ जनामा कोरोना पुष्टि भएको छ। संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार १४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २६ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८५ हजार ३०१ पुगेको छ। अहिले प्रदेशभर ४५५ सक्रिय संक्रमित छन् ।

गण्डकीमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १३९३ पुगेको निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ