काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको बारेमा धेरै बोल्न नमिल्ने टिप्पणी गरेका छन् ।
बुधबार नेपाल तरुण दलले गरेको कार्यक्रममा देउवाले प्रतिनिधिसभा पुनर्स्थापनाको आदेश दिने सबै न्यायाधीशको राजीनामा दिनुपर्छ भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोशसमेत व्यक्त गरे । उनले भने ‘परमादेश ल्याउने सबैलाई हटाउनुपर्दछ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैन ।’
संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको भन्दै उनले त्यसको विरोध नगर्न ओलीलाई सचेत गराए ।
मंगलबार एमाले अध्यक्ष ओलीले परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका थिए ।
देउवाले अदालतसँग जोडिएका अरु सवालमा सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढ्ने बताए ।
यस्तै उनले गजेन्द्र हमाल कांग्रेसको मान्छे भएको र बस्न नसक्ने भएपछि राजीनामा दिएको समेत दाबी गरे । ‘यो कुरा सिद्धिसकेको थियो, तर कुरा उठाएका उठाएकै छन्,’ उनले अघि भने, ‘अदालतबारे हामीले धेरै बोल्ने कुरा छैन । अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो ।’
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने