युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले एन्टिबडी जाँच सुरु गरेको छ । गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युआरएलले मुख्य कार्यालय सभागृहचोक, शाखा कार्यालय हस्पिटलचोकसहित युआरएल दमौली, दुलगौैंडा, लमजुङको बेशीसहर र स्याङ्जाको वालिङमा जाँच गरिने जनाएको छ ।
यो जाँचबाट कोभिड १९ को खोप लगाएपछि शरीरमा प्रतिरक्षा गर्ने शक्ति (एन्टिबडी)को अवस्था थाहा हुने युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । संसारकै सर्वाेत्कृष्ट इक्लिया प्रविधिमार्फत् कोबास इ ४११ मेसिनबाट एन्टिबडी जाँच हुँदा यसकै लागि राजधानी जानुपर्ने झन्झट सकिएको बताए ।
कोभिड १९ खोप लगाएको १५ देखि ९० दिनभित्र यो जाँच गर्नु उपयुक्त हुने उनको भनाइ छ । यसको परीक्षणको रिपोर्ट स्याम्पल दिएको १ घन्टामै तयार हुनेछ । अध्यक्ष पन्तले सेवाग्राहीको आवश्यकता अनुसारका अति संवेदनशील जाँचहरु पोखरामै उपलब्ध गराएर प्रदेशलाई रक्तजाँचमा आत्मनिर्भर बनाउन लागेको उल्लेख गरे ।
स्वास्थ्य शिविर, निशुल्क जाँच लगायतका स्किम ल्याएर सर्वसाधारणलाई सेवा दिइरहेको युआरएलले कात्तिक महिनाभर मधुमेहको जाँच सित्तैमा र होलबडीसहित सबै प्रकारका जाँचमा ३० प्रतिशत छुट दिइरहेको छ ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते