पोखरा। निर्माणधिन घरको जग सोलिङ गर्ने क्रममा पुरिएर एक महिलाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका -११ काहुँडाँडा लामिछाने थरस्थित निर्माणधिन घरको जगको खाल्डोमा सोलिङ गर्ने क्रममा भित्ता भत्किएर पुरिँदा महिलाको मृत्यु भएको हो। मृत्यु हुनेमा सिन्धुली जिल्ला ठूला गाउँ घर भइ हाल पोखरा -११ फुलबारी डेरा गरी बस्दै आएकी ४१ वर्षीया आइती माया ठोकर रहेकी छन्।
प्रहरीका अनुसार जगको खाल्डोमा सोलिङ गर्ने क्रममा अचानक भित्ता भत्किएर पुरिँदा घाइते भएकी उनलाई तत्काल उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए।
घटनाको जानकारी पश्चात पुगेको प्रहरीको टोलीले घटनाबारे अनुसन्धान शुरु गरेको जनाएको छ।
सम्बन्धित खबर
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ