ताजकिस्तानमा जारी एएफसी यू–२३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ। ताजकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा सोमबार भएको खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी इरानसँग ४–० गोलले पराजित भएको हो।
पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा भने चार गोल आएको थियो। नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले गोलरक्षक अर्पण कार्कीको कप्तानीमा अनुभवी टोलीलाई मैदान उतारेका थिए। आयुष घलान, मनिष डाँगी र अभिषेक रिजाललाई स्ट्राइकरमा उतारेको थियो। उनीहरु तीनै जना सिनियर टोलीका सदस्य पनि हुन्।
यसैगरी मिडफिल्डरमा रोशन पहारी, सेसेहाङ आङदम्बे र एरिक विष्टलाई प्रारम्भिक टोलीमा मैदान उतारिएको थियो। डिफेन्डर सुरज ठकुरी, सुमन अर्याल, गौतम श्रेष्ठ र अभिषेक लिम्बू थिए। ठकुरी, अर्याल र श्रेष्ठ पनि सिनियर टोलीकै सदस्य हुन्। अनुभवी युवा टोलीले इरानलाई पहिलो हाफसम्म गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा इरान पूर्ण रुपमा हावी भएको थियो।
यस जितसँगै समूह ‘बी’मा रहेको इरानले तीन अंक जोडेको छ। इरान समूहको शीर्ष स्थानमा रहेको छ। नेपालले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ। नेपालले अब दोस्रो खेलमा घरेलु टोली ताजकिस्तानसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। त्यस्तै अन्तिम खेलमा लेबनानसँग आइतबार खेल्नेछ।
समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कपका लागि छनोट हुनेछ। यस्तै दोस्रो हुने टोलीमध्ये उत्कृष्ट चार टोलीले पनि एएफसी यू–२३ एसियन कपका लागि छनोट हुनेछन्। उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म हुनेछ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने