पोखरामा महिलालाई जबर्जस्ती यौन कार्यमा लगाउन खोज्ने दुई जना पक्राउ

पोखरामा महिलालाई जबर्जस्ती यौन कार्यमा लगाउन खोज्ने दुई जना पक्राउ

arrested

पोखरा।  महिलाहरुलाई जबर्जस्ती यौन शोषण गर्न वाध्य पार्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिका वडा नं -६ लेकसाइड स्थित ‘होटल ड्रिमल्याण्ड’मा महिलाहरुलाई काममा लगाइदिने भन्दै ललाई-फकाई प्रलोभनमा पार्ने तथा डर त्रास देखाएर यौन शोषण गर्न वाध्य पारेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।  पक्राउ पर्नेमा पोखरा -१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा जिल्ला कोल्बी नगरपालिका -१ कोल्बी बस्ने २६ वर्षीय ऋषि भट्टराई रहेका छन्।

कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार उक्त होटलमा महिलाहरुलाई यौन शोषण गर्न वाध्य पारेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई आइतबार पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुमाथि मानव बेचविखन तथा ओसार पसार मुद्धामा जिल्ला अदालत कास्कीबाट दश दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य अगाडि बढाइएको प्रवक्ता हमालले जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ