कास्कीमा संक्रमितको संख्या बढ्न थाल्यो, ३८६ नमुना परीक्षणमा १०७ जनाको रिपोर्ट पोजेटिभ

कास्कीमा संक्रमितको संख्या बढ्न थाल्यो, ३८६ नमुना परीक्षणमा १०७ जनाको रिपोर्ट पोजेटिभ

pokhara corona update

पोखरा।  पछिल्लो २४ घण्टामा नमुना संकलन गरी परीक्षण गर्दा गण्डकीका १४३ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ८२१ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा गण्डकीका सात जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १०७ जना, तनहुँका दुई जना, गोरखाका तीन जना र नवलपुरका १२ जना छन्। भने, स्याङ्गजाका नौ जना, पर्वतका तीन जना र बाग्लुङ जिल्लाका सात जनामा कोरोना पुष्टि भएको छ।

संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८७ हजार सात पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ८० जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८५ हजार २०५ पुगेको छ। अहिले प्रदेशभर ४१२ सक्रिय संक्रमित छन् ।

सोमबार गण्डकीमा थप एक जनाको मृत्यु पुष्टि भएको छ। मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका-१६ निवासी ५४ वर्षीय पुरुष छन्। योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३९० पुगेको निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds