पाँचथरमा बस दुर्घटनाः दुई जनाको मृत्यु, ६२ घाइते

पाँचथरमा बस दुर्घटनाः दुई जनाको मृत्यु, ६२ घाइते

accidient

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा आज बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालक र एक महिला छन् ।

दुर्घटनामा गम्भिर घाइते भएका उनीहरुलाई उपचारका लागि समर्पित अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषित गरेका हुन् ।

उनीहरुको सनाखत भने भएको छैन । दुर्घटनामा अन्य ६२ जना घाइते छन् । घाइतेमध्ये १५ बालबालिका छन् ।

घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत चार जनालाई झापा पठाइएको छ । जिल्ला अस्पतालसहित समर्पित र पाथीभरा अस्पतालमा उपचाररत थप १० जनालाई अन्यत्र पठाउने तयारी गरिएको छ । घाइतेमध्ये समर्पित अस्पालतमा उपचाररत तीन जना सामान्य उपचारपछि घर फर्केका छन् ।

फिदिम–४ शिवादोभानबाट झापाका लागि छुटेको को१ख ३८६५ नम्बरको बस बिहान करिब ११ः३० बजे सडकबाट झरेर दुर्घटना भएको थियो ।

अर्को सवारी साधनलाई ओभरटेक गर्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा करिब २० मिटर तल खोंचमा खसेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रु घाइते भएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds