एसियन कप छनोटमा आज नेपाल र इरान भिड्दै

एसियन कप छनोटमा आज नेपाल र इरान भिड्दै

football

काठमाडौँ । एएफसी यू–२३ एसियन कप छनोटमा नेपालले आज सोमबार इरानसँग खेल्दैछ ।

खेल ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा बेलुका पौने ५ बजे हुनेछ । नेपाल आज सुखद सुरुवात गर्ने योजनामा छ । तर, बलियो टिम इरानलाई हराउन त्यति सजिलो भने छैन । नेपालले यू–२३ एसियन कप छनोटमा इरानसँग दोस्रो पटक खेल्न लागेको हो ।

यसअघि नेपालले सन् २०१५ मा इरानसँग उसैको घरेलु मैदानमा खेलेको थियो । त्यतिबेला नेपाल ५–० ले अन्तरले पराजित भएको थियो ।

छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा इरानसँगै आयोजक ताजिकिस्तान र लेबनान छन् ।

नेपालले दोस्रो खेलमा ताजिकिस्तानसँग आउँदो बिहीबार खेल्ने छ भने आइतबार लेबनानसँग खेल्नेछ ।

समूहको शीर्ष टोलीले एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि एसियन कपमा छनोट हुनेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ