प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि सानदार जित निकालेको छ । प्रिमियर लिग फुटबलको उपाधि दाबेदार लिभरपुलले आइतबार रातिको खेलमा युनाइटेडमाथि ५–० गोल अन्तरको जित निकालेको हो ।
लिभरपुलले १० खेलाडीमा समेटिएको युनाइटेडमाथि सहज जित निकालेको हो । युनाइटेडको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले ह्याट्रिक पूरा गरे । त्यस्तै नेबी केइटा र डिएगो जोटाले एक-एक गोल गरे ।
खेलको पाँचौ मिनेटमा केइटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । १३औँ मिनेटमा जोटाले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ३८औँ मिनेटमा सलाहले गोल गर्दै टिमको अग्रता ३–० को बनाए ।
पहिलो हाफको इन्जुरी समयमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–० को अग्रता दिलाए । ५०औँ मिनेटमा सलाहले ह्याट्रिकसँगै लिभरपुले ५–० को जित निकाल्यो ।
५८औँ मिनेटमा युनाईटेडका क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि मान्यता पाएन । भीएआरको सहायतामा गोल गर्नुअघि रोनाल्डो अफसाइड देखिएका थिए । यस्तै, खेलको ६०औँ मिनेटमा पाउल पोग्बाले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलले ९ खेलमा २१ अङ्क जोडेको छ । युनाइटेड १४ अङ्क जोडेर सातौ स्थानमा छ । युनाइटेड पछिल्लो समय प्रिमियर लिगमा कमजोर बनिरहेको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने