पाकिस्तानसँग भारतकाे शर्मनाक हार

पाकिस्तानसँग भारतकाे शर्मनाक हार

idia vs pakistan

आइसिसी टी-२० विश्वकपमा भारतले पाकिस्तानसँग शर्मनाक १० विकेटको पराजय बेहोरेको छ । भारतविरुद्ध पाकिस्तानको यो पहिलो जित हो ।

आइतबार दुबइमा भएको खेलमा भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले विना विकेटकाे क्षतिमा १७.५ ओभरमा पूरा गर्दै कीर्तिमानी जीत दर्ता गरेको हो ।

पाकिस्तानी कप्तान बाबरले ५२ बलमा ६ चौका र २ छक्कासहित अविजित ६८ रन बनाएका थिए । रिजवानले ५५ बलमा ३ छक्का र ६ चौका सहित ७९ रन जोडेका थिए ।

२०१९ को वर्ल्डकप लिगपछि भारत र पाकिस्तानबीच यो पहिलो प्रतिष्पर्धा थियो। विश्वकपका टी २० र एक दिवसीय प्रतियोगितको १३ अौं खेलमा पहिलोपटक पाकिस्तानले भारतलाई हराएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ