पाेखरा । बाल यौन दुराचारको आरोपमा पोखरामा एक क्यानडेली नागरिक पक्राउ परेका छन् । अन्दाजी ५० वर्षीय रोबर्ट किंक्ले पोखरा लेकसाइडको एक घरबाट आपत्तिजनक अवस्थामा पक्राउ परेका हुन् ।
विगत डेढ वर्षदेखि पाेखरामा बस्दै आएका राेबर्टलाई लेकसाईडस्थित उनकै काेठामा ३ बालकसँग नग्न अवस्थामा रहेका बेला पक्राउ गरिएकाे कास्की प्रहरीले जानकारी दिएकाे छ ।
शनिबार दिउँसो साढे १ बजे स्थानिय १३-१४ वर्षका तीन जना बालकलाई काेठामा बाेलाएर अप्राकृतिक याैन हर्कत गरिरहेका बेला राेबर्ट काेठामा भेटिएका थिए । कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले राेबर्टमाथि कानुनी कारबाही प्रकृया अघि बढाइएकाे गण्डकन्यूजलाई जानकारी दिए ।
कास्की प्रहरीले रोबर्टमाथि बाल याैन दुराचार, अप्राकृतिक मैथुन र बालबालिका ऐन अन्तरगत मुद्दा चलाएको छ ।
राेबर्टकाे विगतकाे व्यवहार, पाेखरामा डेढ बर्ष बस्दाकाे गतिविधि सम्बन्धमा अनुसन्धान भइरहेकाे एसपी थापाले बताए । तीन जना बालकहरूकाे स्वास्थ्य परीक्षण गरिएकाे छ ।
प्याराग्लाइडिङ उडाउँदै आएकाे प्रारम्भिक जानकारी पाएकाे र यसबारे थप अनुसन्धान भइरहेकाे एसपी थापाले बताए ।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने