अमेरिकाले टाउकोको मूल्य ५० लाख डलर तोकेको कुख्यात लागुऔषध तस्कर पक्राउ

अमेरिकाले टाउकोको मूल्य ५० लाख डलर तोकेको कुख्यात लागुऔषध तस्कर पक्राउ

Dairo-Antonio-Usuga

काठमाडौँ । कोलम्बियाका सबैभन्दा कुख्यात लागूऔषध तस्कर पक्राउ परेका छन् । गल्फ क्लान नामक लागूऔषध गिरोहका नाइके डायरो एन्टोनियो उसागालाई हिजो शनिबार सेना, वायुसेना र प्रहरीको संयुक्त प्रयासमा पक्राउ गरिएको हो ।

ओटोनियल भनेर समेत चिनिने ५० वर्षीय उसागालाई कोलम्बियाको एक ग्रामीण इलाकाबाट पक्राउ गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

कोलम्बियाले उनीबारे जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो । अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख डलर तोकेको थियो ।

राष्ट्रपति इभान डुकेले ओटोनियलको पक्राउलाई जीत भन्दै प्रशंसा गरेका छन् । डुकेले उनी समातिएको घटनालाई तीन दशकअघि लागूऔषध गिरोहका कुख्यात नाइके पाब्लो एस्कोबार पक्राउ परेको घटनासँग तुलना गरेका छन् । डुकेले ओटोनियल पक्राउ परेपछि ‘गल्फ क्लानको अन्त्य’ सुरु भएको पनि बताएका छन् ।

ओटोनियलमाथि अमेरिकामा कोकिन पठाएको, प्रहरी अधिकृतहरूको हत्या गरेको र बालबालिकालाई आपराधिक क्रियाकलापमा संलग्न गराएको जस्ता आरोपमा मुद्दा चलाइने बीबीसीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds