पोखराको फुलबारीमा २२ महिने शिशुलाई करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ

पोखराको फुलबारीमा २२ महिने शिशुलाई करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ

arrested

पोखरामा २२ महिने शिशुलाई करणी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

गएको असोज ३० गते अन्दाजी ४:३० बजेको समयमा पोखरा महानगरपालिका वडा नं -११ स्थित फुलबारीमा २२ महिने शिशुलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको हो।  पक्राउ परेका ती व्यक्तिको नाम र ठेगाना भने प्रहरीले खुलाएको छैन।

घटनाको जानकारी पश्चात वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले अभियुक्तलाई पक्राउ गरेको हो। उनीमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds