गण्डकीमा ४६४ जनाको नमुना परीक्षण गर्दा ५२ जनामा संक्रमण, एकको मृत्यु पुष्टि

गण्डकीमा ४६४ जनाको नमुना परीक्षण गर्दा ५२ जनामा संक्रमण, एकको मृत्यु पुष्टि

covid-19-corona

पछिल्लो २४ घण्टामा नमुना संकलन गरी परीक्षण गर्दा गण्डकीका ५२ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ४६४ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा गण्डकीका सात जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २९ जना, तनहुँका सात जना, गोरखाका तीन जना छन् भने, स्याङ्गजाका छ जना, पर्वतका एक जना, बाग्लुङका तीन जना र म्याग्दी जिल्लाका तीन जनामा कोरोना पुष्टि भएको छ।

संक्रमण पुष्टि भएकाससँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८६ हजार ८६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ६४ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८५ हजार १२५ पुगेको छ। भने अहिले प्रदेशभर ३५० संक्रमित छन् ।

शुक्रबार गण्डकीमा थप एक जनाको मृत्यु पुष्टि भएको छ।  मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका-१३ निवासी ७९ वर्षीया वृद्धा छिन्। योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३८९ पुगेको निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ