काठमाडौँ । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ ।
बिहीबार बसेको स्थायी कमिटी बैठकले यसअघि मंसिर १० देखि १२ गतेसम्म बुटवलमा हुने भनिएको महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।
महाधिवेशन आयोजना र व्यवस्थापनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन भएको छ । जसमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशीनाथ अधिकारी, डा. राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावलसहित सातै प्रदेशबाट एक-एक जना प्रतिनिधि र सम्पर्क समन्वय कमिटीबाट समेत एक जना प्रतिनिधि रहेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनमा महाधिवेशन गर्न एमालेले बादलको संयोजकत्वमा समिति गठन गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
यस्तै बैठकले दशैं लगत्तै परेको पानीका कारण आएको बाढी, पहिरो र डुवानबाट मृत्यु भएका र प्रभावितहरूप्रति दुःख व्यक्त गरेको छ ।
त्यस्तै, धान बालीमा भएको क्षतिबाट किसानमा पर्न गएको पीडामा मल्हम लगाउन तत्काल राहतका प्याकेजहरू ल्याउन पनि सरकारसँग आग्रह गरेको छ । साथै क्षति भएका भौतिक संरचनाको तत्काल पुनर्निमाण गर्न पनि माग गरेको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते