देशभर बाढी-पहिरोमा परी ७७ को मृत्यु, २७ बेपत्ता

देशभर बाढी-पहिरोमा परी ७७ को मृत्यु, २७ बेपत्ता

bahrabise-nagapuche-pahiro

अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ । बेपत्ता हुनेको संख्या २६ रहेको छ भने घाइते हुनेको संख्या २२ पुगेको छ ।

गृह मन्त्रालयका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन्। कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ। पहिरोले सबैभन्दा बढी मानवीय क्षति पाँचथरमा पुर्‍याएको छ । पहिरोमा परी पाँचथरमा मात्रै २४ जनाको मृत्यु हुँदा ६ जना घाइते भएका छन् ।

यस्तै, कालीकोटमा एक, बैतडीमा चार, डडेल्धुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्युठानमा एक/एक, धनकुटामा सात, मोरङमा एक, सुनसरीमा दुई र उदयपुरमा दुई जनाको मृत्यु भएको छ।

बाढी/पहिरोमा परेर बझाङमा सबभन्दा बढी २१ जना हराइरहेका छन्। यस्तै, जुम्लामा एक, प्युठानमा दुई र इलाममा तीन जना बेपत्ता छन्।

गएको असोज ३१ गतेदेखि नेपालमा विभिन्न क्षेत्रमा भारी वर्षा भैरहेको छ। सरकारले बाढी पहिराबाट मृत्यु हुनेका परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds