राम बहादुर रोकाहा, स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपलिकाका एक कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा आरोपित फरार प्रतिवादी अर्जुनचौपारी गाउँपालिका -२ बस्ने ५२ वर्षीय पोत बहादुर रोकाहा छन् ।
२०५८ साल पौष १७ गतेका दिन अन्दाजी रातको १२ बजेको समयमा साविक अर्जुनचौपारी गा.वि.स. वडा नं-७ हाल अर्जुनचौपारी गाउँपालिका-२ बस्ने झलक बहादुर रोकाहालाई हत्या गरेको आरोप लागेका र वारदात पश्चात् फरार रहेका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
उनी भारतमा लुकिछिपी बस्दै आएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ। विशेस गोप्य सूचनाका आधारमा जि.प्र.का. स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले आरोपित रोकाहालाई बीस वर्षपछि असोज ३० गते घरमा आएको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्गजाका प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम