रूबी खानलाई रिहा गर्न सर्वोच्चको आदेश

रूबी खानलाई रिहा गर्न सर्वोच्चको आदेश

rubi

महिलाको न्यायका लागि नेपालगन्जदेखि काठमाडौंसम्म पैदल यात्रा गरेकी रूबी खानलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ। सर्वोच्चले उनीमाथि लगाएको अभियोग प्रारम्भिक रुपमा पनि पुष्टि हुन नसकेको भन्दै थुनामुक्त गर्न र पुनः धरपकड नगर्न पनि आदेश दिएको हो ।

घरेलु हिंसाका कारण ज्यान गुमाएका बाँकेका नकुन्नी धोबी र निर्मला कुर्मीको निम्ति न्याय माग्दै रूबी खानसहित करिब १४ जनाको टोलीले नेपालगन्जबाट १९ दिन लगाएर काठमाडौंसम्म पैदल यात्रा गरेको थियो। उनीहरू काठमाडौं आएर माइतीघर मण्डलमा धर्ना बसेका थिए।

बाँकेमा भएको दुई हिंसाका घटनामा छानविन र कारवाही हुनुपर्ने माग राखी रुविकै नेतृत्वमा शुरु भएको शान्तिपूर्ण आन्दोलन दबाउन प्रहरीले उनलाई पक्राउ गरेको थियो । रुविलाई प्रहिले बहुविवाहको आरोपमा पक्राउ गरी पुनः नेपालगञ्ज पुर्‍याएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ