संविधानविद् भीमार्जुन आचार्यले सामाजिक संजाल मार्फत सडकको दुरावस्थाबारे असन्तुष्टि व्यक्त गरेका छन्। उनले सडक करको नाममा ठूलो राजस्व सरकारी ढुकुटीमा जम्मा भइरहेपनि सडकको अवस्था कहिल्यै नसुध्रिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
“तीन-तीनवटा सरकार छन्। सडक करको नाममा ठूलो राजस्व जम्मा हुन्छ । तर, सडकको अवस्था कहिल्यै सुध्रिदैन । मुगु, अछाम, कास्की लगायतका ठाउँमा त्यत्रा दुर्घटनाहरू भए ।”
उनले आफू दशैँ मनाउन सडकमार्ग हुँदै गृह जिल्ला दाङ पुगेको बताउँदै बाटोको स्तर दिक्क लाग्दो रहेको लेखेका छन्। उनले अगाडि लेखेका छन् – ‘यही दशैँमा एकपटक प्रधानमन्त्री सडक बाटो हुँदै डडेल्धुरा र अरू उच्च पदका व्यक्तिहरू, सडकका हाकिमहरू पनि जनता हिंड्ने सडक बाटो हुँदै आ-आफ्ना पुर्ख्यौली घर गैदिए जनतासँग हिसाब बराबर हुने थियो । दशैंको शुभकामना !
स्मरणीय छ : यो हप्ता मात्रै अछाम, कास्की र मुगुमा भएको सडक दुर्घटनामा परी ४४ जनाले ज्यान गुमाएका छन् भने, दर्जनौंको संख्यामा घाइतेहरु उपचाररत छन्।
सम्बन्धित खबर
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते