पोखरा । जापानका बिभिन्न ठाउँमा कार्यरत नेपाली युवाहरुले संकलन गरेको रकमबाट आज एक कार्यक्रमका बिच बिपन्न परिवारको लागि सहयोग सामाग्री वितरण गरिएको छ ।
‘कास्की सामाजिक अभियान जापान’ मार्फत संकलित रकमबाट ३ दर्जन बढी बिपन्न परिवारका लागि सामाग्री वितरण गरिएको हो । दशै मनाउन नसक्ने, आर्थिक अवस्था कमजोर भएका परिवारका लागि खसीको मासु सहित चामल, दाल, तेल, नुन लगायतका सामाग्री वितरण गरिएको छ ।

पोखरा महानगरपालिकाका २४ देखी ३३ सम्मका वडाका ३८ बिपन्न परिवारलाई गण्डकी टेलिभिजनका संचारकर्मी अपिल त्रिपाठी मार्फत सामाग्री हस्तान्तरण गरिएको थियो । प्रत्येक वडाका वडाध्यक्षसँग परामर्श तथा समन्वय गरी बिपन्न परिवार छनौट गरी राहत सामाग्री वितरण गरिएको त्रिपाठीले जानकारी दिए ।
‘कास्की सामाजिक अभियान जापान’ले यस अघि कोरोना महामारीको समयमा अक्सिजन सिलिण्डरको व्यवथापनको लागि रकम संकलन गरेको थियो । तर, त्यतिबेला अक्सिजनको समस्या नरहेको भन्ने जानकारी बिभिन्न अस्पतालहरुबाट आएपछि सो रकम खर्च भएको थिएन । सोही संकलित रकमबाट आज सहयोग सामाग्री हस्तान्तरण गरिएको त्रिपाठीले जानकारी दिए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने