गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
तर खुशी किन्ने वहानामा वर्षेनी थुपै्र नेपाली युवाहरु विदेशिन्छन् । थुप्रै बाध्यताहरुले नेपाली युवालाई विदेशिन बाध्य पार्छ । विदेश जाने प्रत्येक युवाहरुको आफ्नै कथा छ, व्यथा छ अनि बाध्यता छ ।
नेपालीहरु दशैँलाई महान चाडको रुपमा मनाउँछन् । वर्षौंदेखि विदेशिएका नेपालीहरु दशैँ मान्न बिदा मिलाएर सकेसम्म घर फर्कन्छन् । तर कतिपय युवाहरुको बाध्यता यस्तो छ कि, उनीहरु दशैँ मान्न छाडेर विदेशिनुपर्ने हुन्छ । चाडवाडको बेलामा घरपरिवारसँग बसेर रमाईलो गर्न छाडेर विदेशिनु पर्दाको पीडा पक्कै पनि नमिठो हुन्छ ।
साहुको ऋण, आफ्नो अनि बालबच्चाको भविष्यको चिन्ता गर्दै घरको मुल मान्छे नै विदेश जाँदा परिवारका अन्य सदस्यहरुको पनि आफ्नै खाले पीडा हुन्छ । तथ्यांकले भन्छ–‘वैदेशिक रोजगारीमा नेपालबाट वर्षेनी ५ लाख भन्दा बढि युवाहरु विदेशिन्छन् ।’ वैदेशिक रोजगार विभागको अनुसार त्यस्तो कुनै पनि दिन छैन, जुन दिन नेपाली युवाहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट रोजगारीका लागि बिदेशिएका नहोउन् । दैनिक कम्तीमा १५ देखि बढिमा २५ सय जनासम्म नेपाली युवाहरु विदेश जाने गरेका छन् ।
तथ्यांकले यो पनि देखाउँछ कि वर्षेनी ८ सय भन्दा बढि नेपाली युवाहरुको लाश विमानस्थलबाटै नेपाल फर्कन्छ । हालसम्म विदेशिने नेपाली युवाहरुको संख्या ७० लाखको आसपास छ ।
यस्तै कथालाई टपक्क टिपेर गीतकार आकाश दाहालले गीत कोरे–‘बस है पियारी, घरबारै स्याहारी’ । गायक तथा संगीतकार सन्तोष बस्यालले धुन भरेर गीत गाए । सोही गीतमाथि निर्देशक नेत्र गुरुङले भिडियो बनाए । गीतको भिडियोमा अभिनेत्री सोफी धरेलसँगै गीतकार दाहाल आफै फिचर्ड छन् । भिडियोलाई दिपेश केसीले खिचेका हुन् ।
वैदेशिक रोजगारीमा जानुपर्ने नेपाली युवाको बाध्यतालाई मुख्य विषय बनाएर बनेको गीतको भिडियो मंगलबार जक्शन टिभीको अफिसियल युट्युबमार्फत सार्वजनिक भएको छ । फुलपातीको साइत पारेर पोखरामा एक विशेष कार्यक्रमको आयोजना गरि गीतको भिडियो सार्वजनिक भएको हो ।
सार्वजनिक भिडियोलाई गतिलो प्रतिक्रिया मिलेको छ । मंगलबार मिडियाकर्मीमाझ गरिएको प्रिमियरमा सहभागीले गीत र भिडियोलाई रुचाए । ‘यो गीतले साँच्चै मन छुन्छ । हरेक नेपाली घरको कथा बोल्छ । अडियो मेकिङका हिसाबले पनि गीत उत्कृष्ट छ ।’ गीतमाथि आफ्नो धारणा राख्दै गायक तथा संगीतकार बिनोद बाँनियाले भने–‘गीतलाई स्रोता अनि दर्शकहरुले पनि निकै रुचाउने विश्वास लिएको छु ।’
त्यस्तै कलाकार तथा फिल्म निर्देशक माओत्से गुरुङले भिडियो र गीतको उत्कृष्ट ‘कम्बिनेशन’ भएकै कारण ‘बस है पियारी’ दर्शक अनि स्रोताको मनमा बस्ने बताए । ‘पोखराबाट पनि यो लेभलको काम हुन्छ भन्ने प्रमाणित भएको छ । गीत अनि भिडियोको मेकिङ लेभल पनि उत्कृष्ट छ ।’ गुरुङले भने–‘यसले पोखराको कला क्षेत्रलाई अगाडि बढाउन अझै बढि मद्दत पुग्ने निश्चित छ ।’
पोखराको संगीत क्षेत्रलाई व्यवसायिक बनाउँदै यहाँका संगीतकर्मीहरुलाई कलाको उचित मूल्य दिने उद्देश्यसहित नयाँ म्यूजिक कम्पनी शुरु भएको छ । जक्शन ग्रुप प्रालिले ‘जक्शन म्यूजिक’ नामक युट्युब च्यानलको लञ्च गर्दै यसको जानकारी दिएको हो ।
संगीतको उर्वर भुमी मानिने पोखरामा थुप्रै संगीतकर्मीहरुले कर्म गरेपनि व्यवसायिक हुन भने नसकेको आरोप लाग्ने गरेको छ । ‘पोखराबाटै बन्ने थुपै्र गीत र भिडियोहरु सार्वजनिक गर्ने व्यवसायिक प्लेटफर्मको अभाव हुँदा यहाँका संगीतकर्मीहरुले काठमाण्डौको प्लेटफर्म प्रयोग गर्नुपर्ने बाध्यता छ । यहि बाध्यतालाई केही कम गर्न भएपनि हामीले प्रयास गरेका हौँ ।’ जक्शन ग्रुप प्रालिका प्रबन्ध निर्देशक अरुण गिरीले भने–‘बस है पियारीबाट हामीले शुरुवात गरेका छौँ । आगामी दिनमा यहाँका अन्य संगीतकर्मीहरुसँग पनि सहकार्य गरेर अगाडि बढ्नेछौँ ।’
जक्शन ग्रुप प्रालिले हाल जक्शन डटकम संचालन गर्दै आएको छ । ‘न्यूज, इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट’ थिममा संचालित कम्पनीले इन्टरटेनमेन्ट सेक्सन अन्तरगत ‘जक्शन म्यूजिक’ लञ्च गरेको हो ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
चलचित्र ‘लाज शरणम’को प्रचारप्रसार रोक्न अदालतको आदेश
गीतकार डा. शिव सुवेदी भन्दै आए ‘फेरियौ मायालु’ [भिडियो]
नयाँ धुन र शब्दको संगम: मनमाया सार्वजनिक [भिडियो]
सन्दीप लामिछानेको नयाँ गीत ‘आउ फर्केर’ सार्वजनिक [भिडियो]
‘बुकी फुलेछ’ को फिमेल भर्सन बजारमा [भिडियो]
इन्द्रधारा बिष्टको ‘आमा तिम्रो’ सार्वजनिक [भिडियो]
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो