लाइफलाइन भनिएको कालिगण्डी करिडोरको काम हालसम्म २८ प्रतिशत सकिएको छ । दुई वटा छिमेकी मुलुक चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको काम ११ वर्षमा २८ प्रतिशत सकिएको हो ।
आठ वटा उत्तर दक्षिण कोरिडोरमध्ये कालिगण्डकी करिडोर सडकलाई नेपाल सरकारले राष्ट्रिय गौरवका आयोजनाको सूचीमा राखेर प्राथमिकताका साथ निर्माण गरिरहेको छ ।
कालीगण्डकीको किनारैकिनार निर्माणाधीन करिडोरलाई सरकारले आर्थिक समृद्धिको ‘लाइफलाइन’ भन्दै राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । गरिबी निवारण, दिगो आर्थिक विकास र विकेन्द्रिकरणमा सहयोग पुर्याउने अवधारणाअनुसार २०६६ देखि निर्माण कार्य शुरु भएको थियो । यस करिडोरमा नेपाली सेना र सडक विभागले ट्रयाक खोल्ने काम गरिरहेका छन् ।
यस आयोजनाले ६ वटा जिल्लाको काम हेर्दै आएको छ । त्यसमा नवलपरासी, पाल्पा, गुल्मी, स्याङजा, बाग्लुङ र पर्वत रहेका छन् ।
योजनाका लागि भनेर सरकारले २० अर्ब २२ करोड छुट्टाएको थियो । हालसम्मको समष्टिगत प्रगति हेर्दा भौतिक रुपमा २८ प्रतिशत मात्र काम सकिएको प्रगति विवरणमा उल्लेख गरिएको छ । त्यस्तै वित्तीय रुपमा भने ५ अर्ब ५६ करोड सकिएको छ ।
त्यस्तै यस सडकमा बन्नुपर्ने ३२ वटा पुलमध्ये १६ वटा पुलहरुको निर्माण कार्य पनि सम्मन्न भएको आयोजनाका इन्जिनियर राजिव मानन्धरको भनाइ छ । अरु बाँकी पुलहरु निर्माणाधिन चरणमा रहेका छन् ।
यस खण्डमा २५ देखि ३० वटा ठेक्का निकालेर कामहरु भइरहेको पनि मानन्धरले बताए । यसै खण्डको माथि तिरपर्ने ७० किलोमिटरको ठेक्का लगाउनै अझै बाँकी रहेको आयोजनाले बताएको छ ।
सम्बन्धित खबर
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो