कास्कीमा कोरोनाको जोखिम कायमै : ९२ जनाको परीक्षण गर्दा ४९ जनामा संक्रमण, ५ को मृत्यु पुष्टि

कास्कीमा कोरोनाको जोखिम कायमै : ९२ जनाको परीक्षण गर्दा ४९ जनामा संक्रमण, ५ को मृत्यु पुष्टि

Gandaki covid corona 3

पछिल्लो २४ घण्टामा गण्डकीका ६५ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ३९१ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा गण्डकीका छ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४९ जना, गोरखाका तीन जना, नवलपुरका चार जना, स्याङ्गजाका सात जना, पर्वतका एक जना र म्याग्दी जिल्लाका एक जनामा कोरोना पुष्टि भएको छ।

संक्रमण पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८६ हजार ५१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट १०७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८४ हजार ८१ पुगेको छ। गण्डकीमा हाल सक्रिय संक्रमितको संख्या १०५५ छ।

पछिल्लो २४ घण्टामा गण्डकीका थप पाँच जनाको मृत्यु पुष्टि भएको छ। मृत्यु पुष्टि हुनेमा बागलुङका एक जना र पोखरा महानगरका विभिन्न वडाका चार जना छन्।

योसंगै, गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३७८ पुगेको निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ