पोखरा । पोखराबाट गएको जीप घान्द्रुकमा दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जीप चालक बाहेक सबै २५ वर्ष मुनीका युवायुवती छन् । प्रारम्भिक जानकारी अनुसार उनीहरु दशैंका बेला काठमाण्डौबाट पदयात्राका लागि पोखरा आएका समूह हुन् । त्यसमध्ये दुई जना एकाघरका दिदीबहिनी हुन् । अर्को परिवारमा दिदी घाइते छिन् भने भाइको घटनास्थलमै ज्यान गयो ।
प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा जीप चालक कास्कीको अन्नपूर्ण ५ नयाँपुल बस्ने ४२ वर्षिय खुसीमान क्षेत्री छन् । यस्तै, यात्रुहरु काठमाडौं ३ गोंगबुका १८ वर्षिय जिनलव घिसिङ, २४ वर्षकी सुजा चौधरी, बर्ष २० की लिजा चौधरी, बर्ष २० का सुमन चौधरी, बर्ष २२ को अछुतम काफ्ले, बर्ष १८ को आशिष आले र गोरखा घर भई हाल काठमाण्डौ ३ गोंगबु बस्ने बर्ष २७ को विनय क्षेत्री छन् ।
काठमाण्डौ ३ गोंगबु बस्ने वर्ष २० की देबिका घिसिङ घाइते भएकी हुन्। सुजा र लिजा दिदीबहिनी हुन् । देविका र जिनलव दिदी भाइ हुन् ।

पोखरा हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप घान्द्रुकको कलभीरमा दुर्घटनामा परेको हो । जीपमा चालक सहित ९ जना सवार थिए ।
अहिले घटनास्थलमा स्थानीयबासी र प्रहरीले उद्धार गरिरहेको छ । घान्द्रुकको कलाभीर भन्ने स्थानबाट जीप तल हुँदु भन्ने स्थानमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । कलभीरमा निकै अप्ठेरो बाटो छ ।
घटनास्थल पुगेको प्रहरीले शवको मुचुल्का उठाई परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल पोखरामा ल्याइरहेको छ ।



तस्वीरः अमृत गुरुङ फेसबुक
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने