हालै गरिएको एक अध्ययनमा अनारको जुस पिउँदा रगतमा चिनीको मात्रा १५ मिनेटमा नियन्त्रणमा आउने पत्ता लागेको छ । रगतमा चिनीको मात्रा कम गर्न अनारको जुस फाइदाजनक पाइएको उक्त अध्ययनमा उल्लेख छ ।
अनारमा एक प्रकारको एन्टिअक्सिडेन्ट पाइन्छ । यसमा ग्रिन टि वा रेड वाइनमा भन्दा तीन गुणा बढी एन्टिअक्सिडेन्टको मात्रा पाइन्छ । जसले मधुमेह जस्ता रोगीहरुको शरीरमा फ्रि रेडिकलबाट हुने क्षतिबाट बचाउँछ । अनारको बिउले इन्सुलिन सेन्सिटिभिटीलाई सही बनाउँछ ।
हाम्रो शरीरमा एक दिनमा रक्तचापको लेभलमा धेरै पटक उतारचढाव आउने गर्छ । यसलाई नियन्त्रणमा राख्न आवश्यक छ । विशेषगरी, मधुमेहका रोगीले यसमा ध्यान दिन जरुरी हुन्छ । मधुमेह र रगतमा चिनीको मात्रा धेरै हुँदा अत्यधिक पानी प्यास लाग्ने गर्छ । यसका साथै, आँखामा धमिलोपन आउने, बान्ता हुने जस्ता लक्षणहरु देखापर्छन् । मन बेचैन हुने, मुख सुख्ने र अत्यधिक थकाइ लाग्ने आदि समस्या हुन्छन् ।
चिकित्सकहरुले रगतमा चिनीको मात्रा घटाउनुभन्दा अगाडि जाँच गर्न आवश्यक भएको बताएका छन् । मधुमेहका रोगीहरुले रगतमा चिनीको मात्रा नाप्नका लागि मिटर वा टेस्ट स्ट्रिपको प्रयोग गर्ने गर्छन् । मधुमेह पीडितको रगतमा चिनीको मात्रा खाना खानुअघि ४.० देखि ५.९ mmol/L हुन आवश्यक छ । मधुमेहको टाइप १, २ र मधुमेहबाट पीडित बालबालिकाको सुगर लेभल ४ देखि ७ mmol/L हुन आवश्यक छ ।
डायबेटिज युकेकी सिनियर क्लिनिकल एड्भाइजर एस्थर वोल्डनले टाइप २ डायबेटिजबाट पीडित व्यक्तिहरुको रगतमा चिनीको मात्रा नियन्त्रण गरेमा हृदयघात, स्ट्रोक, मिर्गौला फेल हुने, आँखासँग जोडिएका समस्याहरुको जोखिम कम गर्न सकिन्छ । विशेषज्ञले विभिन्न प्रकारका जुसहरुले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्ने बताएका छन् ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु