कांग्रेसमा अझै कुरा मिलेन, पौडेल पक्षलाई ३ मन्त्रालय चाहिने, देउवाले २ भन्दा नदिने

कांग्रेसमा अझै कुरा मिलेन, पौडेल पक्षलाई ३ मन्त्रालय चाहिने, देउवाले २ भन्दा नदिने

deuba paudel sitaula

नेपाली कांग्रेसमा मन्त्रालय भागवण्डाको किचलो सकिएको छैन ।  वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष तत्काल सरकारमा सहभागी हुने सम्भावना कम देखिएको छ।

पार्टीको भागमा परेकामध्ये तीन मन्त्रालय पाउनुपर्ने अडान राखेको पौडेल समूह भनेअनुसार नहुने भएपछि तत्काल सरकारमा सहभागी हुने सम्भावना न्यून देखिएको हो।

गत बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा पौडेल समूहले तीन मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो। तर पार्टी सभापतिसमेत रहेका प्रधामन्त्री शेरबहादुर देउवाले दुई मन्त्रालय मात्रै दिने बताएपछि पौडेल समूह छलफल निष्कर्षमा नपुग्दै बैठकबाट बाहिरिएको थियो।

स्रोतले शुक्रबार पौडेल समूहबाट मन्त्रिपरिषद्मा प्रतिनिधित्व हुने सम्भावना न्यून रहेको दाबी गरेको छ। प्रधानमन्त्री देउवा पौडेल पक्षलाई दुई र कृष्णप्रसाद सिटौला समूहलाई एउटा मन्त्रालय दिने योजनामा छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds