काठमाडौं । सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को नयाँ आवेदन दशैँपछि खुला हुने भएको छ । तत्कालका लागि आवश्यक तयारी नपुगेको भन्दै यातायात व्यवस्था विभागले दशैँलगत्तै नयाँ आवेदन खुलाउने तयारी गरेको हो ।
यसअघि यातायात व्यवस्था विभागले असोज पहिलो सातादेखि आवेदन खुलाउने तयारी गरेको थियो । विभागका महानिर्देशक नमराज घिमिरेले प्रदेश सरकारको तयारी नपुगेपछि दशैँपछिका लागि सारिएको जानकारी दिए ।
गत वैशाख १६ देखि नयाँ आवेदन बन्द गरिएको थियो । यसैबीच प्रयोगात्मक परीक्षा नियमित गरिएको थियो । कारोना महामारी अघिसम्ममा नयाँ लाइसेन्सको आवेदन दिनेको सङ्ख्या दैनिक आठ हजारको सङ्ख्यामा रहेको थियो ।
लामो समयसम्म आवेदन बन्द हुँदा लाइसेन्सको माग बढ्ने अनुमान विभागको छ । विभागमा सबै प्रक्रिया पुरा गरी परीक्षा उत्तीर्ण गरिसकेका सवारी चालकका लागि सात लाख प्रति लाइसेन्स छपाइ गर्न अझै बाँकी छ ।
सात लाख सेवाग्राहीले करिब डेढ वर्षदेखि स्मार्ट लाइसेन्स कुरिरहेका छन् । कार्ड अभाव भएपछि छपाइको काम रोकिएको हो । महानिर्देशक घिमिरेका अनुसार कार्ड आउन कम्तीमा एक महिनाको समय लाग्नेछ । त्यसका लागि डेलिभरी अर्डर यस अघि नै भइसकेको छ।
तिहारसम्ममा कार्ड आइसक्ने र त्यसपछि मात्र छपाइको काम सुरु हुनेछ । ‘यसका लागि फ्रान्सबाट १४ लाख प्रति कार्ड ल्याउँदैछौँ,’ उनले भने । २०७२ सालमा स्मार्ट लाइसेन्स लागू भएपछि छपाइको काम बाँकी रहँदै आएका छ ।
यसैबीच सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न राजपत्रमा सूचना प्रकाशन गर्न लागिएको समेत विभागले जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सूचना पठाइसकिएको र नयाँ मन्त्री नियुक्त भएसँगै राजपत्रमा प्रकाशन हुने विभागको विश्वास छ ।
सवारीसाधनको विवरण डिजिटल प्रणालीमा राख्न इम्बोस्ड नम्बर प्लेट प्रयोगमा ल्याइएको हो । बीचमा केही समय स्थगित भएको इम्बोस्ड नम्बर प्लेट २०७७ साउन १ बाट पुनः नियमित गरिएको थियो । अहिले इम्बोस्ड नम्बरप्लेट राख्न आउनेको सङ्ख्या कम भएकाले अनिवार्य गर्न लागिको विभागले जनाएको छ । विभागले २०७४ भदौ ५ गतेबाट इम्बोस्ड नम्बरप्लेट वितरण सुरु गरेको थियो । -गोरखापत्र
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो