पोखरा। पोखरा राइनोज चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियसर्टलाई ७ विकेटले पराजित गर्दै पोखराले फाइनलमा स्थान बनाएको हो ।
भैरहवाले दिएको १ सय २० रनको लक्ष्य पोखराले १८ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । पोखराको जितमा सहन अर्चाचिगेले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । विपिन रावल ४० रनमा अविजित रहे । रिचर्ड लेभीले १४ र रित गौतमले ६ रन जोडदा लोकेश बम शुन्य रनमा आउट भए । भैरहवाका भुवन कार्कीले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो । भैरहवाका लागि कप्तान शरद भेषावकरले अविजित रहदै सर्वाधिक ३२ रन बनाए । त्यस्तै आरिफ शेख २७, रोहित पौडेल १८, प्रदिप ऐरी ११, उपुल थरंगा १०, धम्मिका प्रसाद ४, सर्भिन मुनिएण्डी ३ र कुशल मल्ल १ रन बनाए । पोखराका किशोर महतो र सहन अर्चाचिगेले समान २÷२ विकेट हात पार्दा नन्दन यादव र असेला गुनारत्ने १÷१ विकेट लिए ।
जितसंगै पहिलो पटक ईपीएलको फाइनलमा पुगेको पोखराले शनिबार चितवन टाइगर्ससंग उपाधी भिडन्त गर्नेछ । प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने