नौडाँडा उक्लेर फिल्म समीक्षा कार्यशाला

नौडाँडा उक्लेर फिल्म समीक्षा कार्यशाला

chapasa prgrm (1)

पोखरा । फिल्म पत्रकारिता गरिरहेका तथा यसप्रति रुची भएका पत्रकारहरुका लागि सञ्चालित फिल्म समीक्षा कार्यशाला उत्साहजनक सहभागिताका साथ बुधबार सकियाे । चलचित्र पत्रकार संघ, कास्कीले पत्रकारहरुको फिल्म समीक्षा लेखनमा दक्षता अभिवृद्धि हेतु काठमाण्डौदेखि श्रोत व्यक्ति निम्त्याएर यो प्रयोगात्मक कार्यशाला गरेको हो ।

नेपाली चलचित्र लेखनमा लामोसमयदेखि क्रियाशील राजेश गोंगजु, नेपाली फिल्मको पत्रकारितादेखि समीक्षक हुँदै अहिले निर्देशकसमेत रहेका दीपेन्द्र लामा र चलचित्र लेखन, प्राध्यापन र पत्रकारिता गरिरहेका सामिप्यराज तिमल्सेनाले यहाँका ३ दर्जन बढी पत्रकारहरुलाई फिल्म कसरी हेर्ने, कसरी बुझ्ने ? के लेख्ने, के नलेख्ने ? समीक्षा के हो ? कसरी लेख्ने सम्बन्धमा दुई दिनसम्म अनुभव आदानप्रदान गरे ।

कार्यशालामा तीन सहजकर्ताले तीन फरक विषयमा सहजीकरण गरे । गोंगजुले फिल्म कला भएकाले कलालाई बुझ्ने तरिकाबारे जानकारी गराएका थिए । हलिउड, कोरियन फिल्म देखाएरै उनले फिल्मका विशेषता सम्बन्धमा प्रशिक्षण दिए ।

पत्रकार तिमल्सेनाले फिल्म पत्रकारिता र फिल्म पत्रकारले गर्ने रिपोर्टिङ सम्बन्धमा गहिरो गरी बुझाए । फिल्म पत्रकारिताका नाममा मनोरञ्जन पत्रकारिता, गसिप र उडन्ते कुराहरुमा कसरी बहकिएका छौँ ? भन्नेबारे दृष्टान्तसहित सहजीकरण गरे ।

समीक्षक तथा निर्देशक लामाले समीक्षाका आवश्यकीय तत्वहरुबारे मसिनो गरी बुझाए । चलचित्र पत्रकार संघ, कास्कीका अध्यक्ष अरुण गिरीले आफू नेतृत्वमा आएपछि यो एउटा ड्रिम प्रोग्राम साेचेकाले सबै प्रशिक्षक तथा सहयोगी संघसंस्थाको साथ-सहयोगले सफल भएको महसुस गरेको सुनाए ।

कास्कीको नौंडाँडा स्थित हिमालयन देउराली रिसोर्टमा सञ्चालित कार्यशालाले फिल्म हेर्नदेखि फिल्मबारे लेख्नसम्म सहयोग पुगेको सहभागीहरु ईश्वर देवकोटा र ज्योति हमालले अनुभव सुनाए ।

श्रोत व्यक्ति परिचयः

राजेश गोङ्गजु

राजेश गोङ्गजु नेपाली चलचित्र लेखनमा लामो समय देखि सक्रिय छन् । गोङ्गजु फेडेरेशन अफ फिल्म सोसाईटी नेपालका अध्यक्ष हुन् । फिल्मका राम्रो ज्ञाता मानिने गोङ्गजुले गुडबाई काठमाण्डु जस्ता चलचित्रमा काम गरेका छन् ।

दीपेन्द्र लामा

नेपाली चलचित्र क्षेत्रमा २ दशक भन्दा बढि समय बिताएका दीपेन्द्र लामा सफल निर्देशक, समीक्षक र चलचित्र पत्रकार हुन् । लामा समीक्षक समाज नेपालको अध्यक्ष पनि हुन् । घामपानी, गोपी र छ माया छपक्कै उनी निर्देशित चलचित्रहरु हुन् । उनले दुई दशकसम्म विभिन्न मिडियामा आवद्ध रहेर फिल्म समीक्षा गरेका छन् ।

सामिप्यराज तिमल्सेना

पेशाले प्राध्यापक भए पनि सामिप्यराज तिमल्सेना लामो समयदेखि पत्रकारिता, चलचित्र समीक्षा र चलचित्र लेखनमा सक्रिय छन् । तिमल्सेना समीक्षक समाज नेपालका उपाध्यक्ष हुन् । गोपी, ड्रिम्स, नाई नभन्नु ल सिरिज, क्याप्टेन, नोभेम्बर रेन जस्ता सफल चलचित्र उनले लेखेका हुन् ।

थप तस्वीरहरु:

सबै तस्वीरहरुः सिद्धार्थ गौतम/Leap Events

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ