पोखरा । घरेलुटोली स्पोट्र्स क्यासलराष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनल प्रवेश गर्दा सविन मेमोरियल भने बाहिरीएको छ ।
पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा फाइनल प्रवेशका लागि भएको खेलमा क्यासलले द राइजिङ क्लब धरानलाई ८–६ को गोल अन्तरले हराउँदै जित हात पारको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलको सुरुवातमा क्यासले २ गोलको अग्रता लिएपनि जित हातपार्न भने निकै हम्मे हम्मे प-यो। क्यासललाई फाइनलमा पुर्याउन सुमित श्रेष्ठ (मेस्सी) नायक बने ।
खेलको चौथो मिनेटमा किशोर गुरुङले गोल गर्दै क्यासललाई अग्रता दिलाए । छैटौं मिनेटमा विजय गुरुङले गोल गर्दै अग्रता दोब्बर पारे । २ गोलले पछि परेको राइजिङले नवौं मनेटमा हेमन्त थापाको गोलमा खेलमा फर्कने आशा दिलाए । १२ औं मिनेटमा मिलन राईले बराबरी गोल फर्काए । १३ औं मिनेटमा सुदिप गुरुङले गोल गर्दै राइजिङलाई अग्रता दिलाए । २३ औं मिनेटमा हेमन्तले पनि व्यत्तिलगत दोस्रो गोल गर्दै राइजिङलाई ४–२ को स्थितिमा पुर्याए ।
खेलको २८ औं मिनेटमा किशोरले व्यक्तिगत दोस्रो गोल गर्दै क्यासललाई अग्रता घटान मद्धत गरे । २८ औं मिनेटमा सुमितले पनि व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए । ३१ औं मिनेटमा राइजिङका मिलनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीका लागि चौथो गोल गरे । ३२ औं मिनेटमा सुदिपले पनि व्यक्तिगत दोस्रो गोलमा टोलीलाई ६–४ को स्थितिमा लगे ।
दबाबमा परेको क्यासलका लागि ३४ औं मिनेटमा गोल गरे । उनले ४० औं मिनेटमा ह्याट्रिक पुरा गर्दै टोलीलाई खेलमा फर्काए । सोहि समय अर्थात ४० औं मिनेटमा क्यासलका किशोरले पनि ह्याट्रिक पुरा गर्दै खेल बराबरीमा ल्याए । यस अघि ३९ औं मिनेटमा सुरज गुरुङले क्यासलका लागि गोल गरे । क्यासल लिग तालिकाको शिर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको थियो । यस्तै राइजिङपनि दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगको थियो ।
यस्तै सविन मेमोरियल शंखमुलसंग ३–२ को हार व्यहोर्दै प्लेअफबाट बाहिरीएको छ । अब शंखमुलले फाइनल प्रवेशका लागि द राइजिङ क्लब धरानसंग खेल्ने छ । शंखमुलका जेनिश प्रजापतिले खेलको ११ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो हाफ १ गोलको अग्रता लिएको शंखमुलले दोस्रो हाफमा थप २ गोल ग-यो। क्रिजल खड्काले २४ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।
सविनका सरोज गुरुङले २७ औं मिनेटमा गोल गर्दै अग्रता घटाए । शंखमुलका क्रिजलले ३० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा शंखमुल ३–१ ले अघि रह्यो । सविनले पाएको अवसरको सदुपयोग गर्न नसक्दा हार व्यहोरेको हो । खेलको ३५ औं मिनेटमा मनोज गुरुङले गोल गर्दै अग्रता घटाएपनि अवसरको सदुपयोग गर्न नसक्दा हार व्यहोरेको हो ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम