मैलुङ–स्याफ्रुबेसी सडक सञ्चालनमा

मैलुङ–स्याफ्रुबेसी सडक सञ्चालनमा

सङकेतिक चिन्ह

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने मैलुङ–स्याफ्रुबेँशी सडक सञ्चालनमा आएको छ ।

वर्षा कम भएसँगै सो क्षेत्रमा काम गर्न सहज भएकाले पहिरो पन्छाएर तथा सडकको मर्मत गरेर तीन महिनापछि एकतर्फी रुपमा सडक संचालनमा ल्याइएको हो ।

अबको केही दिनमै दुईतर्फी रुपमा यातायात सञ्चालनमा ल्याउने प्रयास भईरहेको सडक आयोजनाले जनाएको छ ।

गएको असार मसान्तदेखि यो सडक अवरुद्ध भएको थियो । सडकमा यात्रा गर्न जोखिम भएको र वैकल्पिक सडक पनि भएका कारण उक्त सडक तत्काल सञ्चालन ल्याइएको थिएन ।

राष्ट्रिय प्राथमिकता प्राप्त मैलुङ–स्याफ्रुबेसी सडकखण्ड नेपाली सेनाले निर्माण गरेको डबल लेनको सडक हो । सो सडकखण्डको लम्बाइ १७ किलोमिटर रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds