पोखरा । घरेलुटोली सविन मेमोरियल राष्ट्रिय ए डिभिजन लिगको प्ले अफमा प्रवेश गरेको छ ।
मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा सविनले शंखमुललाई ३–१ गोल अन्तरले हराउँदै प्ले अफमा प्रवेश गरेको हो ।
पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक लिगको अन्तिम खेल सविनलाई जित्नै पर्ने दबाब थियो ।
सविनले २० औं मिनेटमा समिर प्रधानले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफ १–० ले अघि रहेको सविनले दोस्रो हाफमा थप २ गोल गर्दै जित हासिल गरेको हो । खेलको २४ औं मिनेटमा मनिष क्षेत्रीले गोल गर्दै अग्रता दोब्बर पारे । २५ औं मिनेटमा शंखमुलका सुशान श्रेष्ठले गोल गर्दै २–१ को स्थिति बनाएपछि सविन सविन दबाबमा परेको थियो । ३४ औ मिनेटमा सुनिल विकले गोल गर्दै जित निश्चित गरे ।
सविनको कुल ९ खेलबाट १६ अंकका साथ तालिकाको चौथो स्थानमा रहन सफल रह्यो । सविनले पाँच खेलमा जित, ३ खेलमा हार र १ खेलमा बराबरी खेलेको थियो ।
एता हार व्यहोरेको शंखमुल पनि तालिकाको तेस्रो स्थानमा रहेको छ । शंखमुललाई हारले दोस्रो स्थानमा उक्लिनबाट रोकेपनि प्लेअफका लागि कुनै असर गरेन । खेलको म्यान अफ दि म्याच मनिष क्षेत्री घोषित भए ।
मंगलबार भएको पहिलो खेलमा प्रभातफेरीले फुटसल ५ धरानलाई ६–२ गोल अन्तरले पाखा लगायो । प्रभातफेरीको जितमा डोना थापा र धिरज जोशीले २/२ तथा शन्तलाल गुरुङ र विवेक सारुमगरले एक/एक गोल गरे ।
प्रभातफेरीले फुटसल ५ धरानलाई सुरुवात देखि नै निकै दबाबमा राख्यो । प्रभातफेरीका लागि धिरज गुरुङले खेलको पाँचौ मिनेटमा २ गोल गर्दै अग्रता दिलाए । १ मिनेटको अन्तरालमा धिरजले २ गोल गर्दै प्रभातफेरीलाई २–० को अग्रता दिलाए । १७ औँ मिनेटमा शन्तले गोल गर्दै प्रभातफेरीको अग्रता तेब्बर पारे । २० औं मिनेटमा फुटसल ५ धरानका कप्तान सन्दिप कार्कीले गोल गर्दै अग्रता घटाए । पहिलो हाफमा ३–१ ले अघि रहेको प्रभातफेरीले दोस्रो हाफमा समेत ३ गोल गर्दै फराकिलो जित निकालेको हो । २५ औं मिनेटमा डोना थापाले गोल गरे । २६ औं मिनेटमा विवेकले गोल गर्दै अग्रता फराकिलो पारे । खेलको ३० औं मिनेटमा फुटसल ५ का लागि नयल श्रेष्ठले गोल गर्नुनै फुटसलका लागि अन्तिम गोल रह्यो । उता प्रभातफेरीका लागि डोनाले ४० औं मिनेटमा व्यक्तिगत तथा छैटौं गोल गरे । प्रभातफेरीका धिरजले २३ औं मिनेटमा रातो कार्ड पाउँदै बाहिरीएपनि फुटसल ५ धरानले त्यसको मौका भने उठाउन सकेन । २ मिनेटसम्म प्रभातफेरी ४ खेलाडीमा सिमित भएका थिए । खेलको म्यान अफ दि म्याच प्रभातफेरीका आशिष डंगेल घोषित भए ।
जितसंगै प्रभातफेरी कुल ९ खेलबाट १० अंकका साथ तालिकाको ८ औँ स्थानमा रहँदै लिगचरणबाट बाहिरीएको छ । प्रभातफेरीले ३ खेलमा जित, ५ खेलमा हार र १ खेल बराबरी खेलेको थियो । समान खेल खेलको फुटसल ५ धरानको भने १४ अंक रहेको छ । धरानले ४ खेलमा जित,३ खेलमा हार र १ खेल बराबरी खेलेको थियो ।
दोस्रो खेलमा ढुकु फुटसल हबले झरना स्पोट्र्स क्लबलाई ५–३ गोल अन्तरले हरायो । जितसंगै ढुकुको ९ खेलबाट १३ अंक रहेपनि लिगचरणबाट बाहिरीएको छ । ढुकुले ४ खेलमा जित, ४ खेलमा हार र १ खेल बराबरी खेलको थियो । ढुकुको जितमा सुमन तामाङ, दावा दुक्पा शेर्पा, अमित लामा, प्रसिद्ध मगर र उर्केन शेर्पाले गोल गरे । झरनाका लागि गंगा गुरुङ, प्रवेश खनाल क्षेत्री र अमित गुरुङले गोल गरे । खेलको म्यान अफ दि म्याच अमित लामा घोषित भए ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम