गण्डकीमा कोरोना : पछिल्लो २४ घण्टामा ७६३ जनाको परीक्षण गर्दा १०० जना पोजेटिभ

गण्डकीमा कोरोना : पछिल्लो २४ घण्टामा ७६३ जनाको परीक्षण गर्दा १०० जना पोजेटिभ

Gandaki covid corona 5

मंगलबार गण्डकीका १०० जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ७६३ जनामा गरिएको नमुना परीक्षणमा थप १०० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४४ जना, तनहुँका पाँच जना, गोरखाका सात जना, लमजुङका एक जना र नवलपुरका १० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, स्याङ्गजाका १० जना, पर्वतका तीन जना, बागलुङका १३ जना, र म्याग्दी जिल्लाका सात जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८६ हजार ८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट १२४ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८३ हजार ६८२ पुगेको छ। गण्डकीमा हाल सक्रिय संक्रमितको संख्या १०३५ रहेको छ।

गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३७१ रहेको निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds