प्रतिनिधि सभा बैठकः एमाले सांसदको अवरोधका बीच दलित आयोगको वार्षिक प्रतिवेदन पेस

प्रतिनिधि सभा बैठकः एमाले सांसदको अवरोधका बीच दलित आयोगको वार्षिक प्रतिवेदन पेस

samsad

काठमाडौँ । प्रतिनिधि सभाको आज मङ्गलबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेको छ ।

एमालेले १४ जना सांसदलाई गरेको कारबाहीको सूचना सभामुखले टाँस नगरि पक्षपातपूर्ण व्यवहार गरेको भन्दै संसद् बैठकमा अवरोध गर्दै आएको छ । आजको बैठकमा पनि नाराबाजीसहित एमालेले विरोध प्रदर्शन गरेको हो ।

एमाले सांसदहरूको विरोधका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६/०७७ प्रतिनिधि सभामा पेस गरे ।

एमाले सांसदहरूले कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन, संसदीय सर्वोच्चता कायम गर, पार्टी फुटाउने षड्यन्त्र चाहिँदैन, यथास्थितिमा संसद चल्दैन, गैरसांसदलाई प्रवेश निषेध गर, पदीय मर्यादा कायम गर लगायतका नारा लगाएका थिए ।

प्रतिनिधि सभाको आउँदो बैठक असोज २२ गते शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ