३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या मुद्धामा चुडामणि उप्रेती ‘गोरे’ लाई जन्मकैदको फैसला सुनाइएको छ।
जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले कर्तव्य ज्यान मुद्दाका ८ जना प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई मंगलबार जन्मकैदको फैसला सुनाइएको हो।
अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको हो ।
मुद्दाका प्रतिवादीमध्ये भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदन घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको छ । मुद्दामा दोषी ठहर भएकाहरु गोरेको समूहका सहयोगी र उनका सवारी चालकहरु हुन् । भने, उक्त प्रकरणमा मुछिएका सबै प्रहरीले सफाइ पाएका छन् ।
सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरियो । त्यही बराबरको बिगो मागदाबीसहितको मुद्दा दर्ता गरिएको थियो।
सम्बन्धित खबर
आजको मौसम पूर्वानुमान
पूर्वराजालाई पुनको चेतावनी: तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
स्वास्नी पाउन नसकेको थारो भनेपछि काकाकाकीको हत्या
पेस्तोल तथा गोलीसहित दुई भारतीय पक्राउ
अवैध सुनचाँदी कारोबार गर्ने ४ जना भारतीय नागरिक पक्राउ
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो