पूर्व सांसद इच्छाराज तामाङ पक्राउ

पूर्व सांसद इच्छाराज तामाङ पक्राउ

IchhyaRajTamang

काठमाडौँ । पूर्व सांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । ४६ करोड रुपैयाँ भन्दा बढी रकम ठगी र हिनामिनाको आरोपमा पक्राउ परेका छन् ।

तामाङलाई बैंकिङ कसुरसम्बन्धी घटनामा अनुसन्धानका लागि हिजो पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।

सीआईबीका अनुसार सहकारीमार्फत ४६ करोड ठगी गरेको भन्दै सीआईबीमा किटानी जाहेरी परेको छ । तामाङमाथि चिठ्ठा, घरकर्जा लगायतका आकर्षक अफर देखाएर ठगी गरेको तथा सहकारीको पैसा व्यक्तिगत फर्ममा लगानी गरेको आरोप पनि छ ।

उनीसहित अन्य ११ जना कर्मचारीलाई पनि नियन्त्रणमा लिइएको सीआइबीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds