ध्रुबसागर शर्मा, गलेश्वर । नेपालीहरुको महान पर्व दसैँलाई लक्ष गरेर मुस्ताङका भेडाच्याङ्ग्रा बजारमा आउन थालेका छन् । कोभिड–१९ का कारण तिब्बतबाट भेडाच्याङ्ग्रा ल्याउन नसकेपछि मुस्ताङका विभिन्न ठाउँमा पालिएका भेडाच्याङ्ग्रा बजारमा ल्याउन थालिएको हो ।
गत वर्ष पनि कोभिड– १९ का कारण कोरला नाका भएकाले तिब्बतबाट भेडाच्याङ्ग्रा आयात हुन नसकेपछि मुस्ताङबाटै सात हजारभन्दा बढी भेडाच्याङ्ग्रा बजारमा पठाइएको थियो । गतवर्ष साना भेडाच्याङ्ग्रासमेत बजारमा पठाइएको थियो । यसवर्ष मुस्ताङमै भेडाच्याङ्ग्राको सङ्ख्या कम भएकोले चार हजारको हाराहारीमा मात्र बजार पठाउन लागिएको जिल्लास्थित उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
“अत्यन्त कम संख्यामा मुस्ताङबाट भेडा च्याङ्ग्रा निकासी भएका छन्, मूल्य आकासिएको छ” भेडाच्याङ्ग्रा लिएर बेनी आउँदै गर्नुभएका पृथ गुरुङले भने, “बेनी–जोमसोम सडकमा ज्यानै फालेर यहाँसम्म ल्याइपु¥याएँ,चार दिन लाग्यो ।”
उनका अनुसार मुस्ताङमै अत्यन्त कम भेडाच्याङ्ग्रा भएका कारण गोठमै एउटा च्याङ्ग्राको रु ३४ हजारभन्दा बढी तिर्नु परेकाले यसवर्ष भेडाच्याङ्ग्राको मूल्य बढेको हो ।“एक त गोठमै महँगा भए, त्यसमाथि बाटोको समस्याका कारण यसवर्ष मुस्ताङका भेडाच्याङ्ग्राको मूल्य बेनीमा नै रु ३५ हजार भन्दामाथि पर्छ, पोखरा–काठमाडाँै पु¥याउदा रु ३८ हजारको हाराहारीमा पर्न आउला” गुरुङले भने ।
तिब्बतबाट च्याङ्ग्रा ल्याउन नपाउदा उपल्लो मुस्ताङमा नै एउटै च्याङ्ग्राको भाउ प्रतिगोटा रू सात हजारदेखि १० हजारसम्मले महङ्गिएको लोमान्थाङ्का व्यापारी पासाङ गुरुङले बताए ।
मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले यसवर्ष मुस्ताङ्मै भेडाच्याङ्गाको अभाव देखिएको जानकारी दिए ।गतवर्ष मुस्ताङबाट मात्रै करिब सात हजार च्याङ्ग्रा बिक्रीका लागि पठाइएकाले यसवर्ष धेरै भेडाच्याङ्ग्रा नभएको उनको भनाइ थियो ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो