‘पोल विवाद’ मा ऊर्जामन्त्रीको हस्तक्षेपपछि कुलमान पछि हटे, इन्टरनेट-केवलको तार अब नकाट्ने

‘पोल विवाद’ मा ऊर्जामन्त्रीको हस्तक्षेपपछि कुलमान पछि हटे, इन्टरनेट-केवलको तार अब नकाट्ने

dcs pokhara

तस्वीरः Pokhara DCS पोखरा वितरण केन्द्रबाट

नेपाल विद्युत प्राधिकरण र इन्टरनेट/केवल व्यवसायीबीच पोलभाडाको विषयलाई लिएर उत्पन्न विवाद तत्काललाई समाधान भएको छ । ऊर्जामन्त्री पम्फा भुषालको हस्तक्षेपपछि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पछि हटे । प्राधिकरण इन्टरनेट तथा केबलका तार काट्ने काम रोक्न सहमत भयो ।

प्राधिकरणले पोल भडा नतिरेको भन्दै  इन्टरनेट तथा केबलका तार काट्न सुरु गरेको थियो । यसबाट देशभर इन्टरनेट सेवा प्रभावित बनेपछि उपभोक्ताको अधिकार हनन भएको भन्दै चौतर्फी विरोध भयो । अन्ततः प्राधिकरण आफ्नो निर्णयबाट पछि हटेको छ ।

वार्तामा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सहभागी थिए । यस्तै, दुरसञ्चार प्राधिकरण र इन्टरनेट तथा केवल व्यवसायीको पनि प्रतिनिधित्व थियो । इन्टरनेटजस्तो अत्यावश्यक सेवा अवरुद्ध हुने गरी तार काट्ने काम गर्नु गलत भएकोमा अरु सबै सहमत देखिएपछि कुलमान दवावमा आएका थिए ।

कुलमानले बैठकमा व्यवसायीहरु प्राधिकरणसँग नेगोसिएसनमा आउनुको साटो बाहिर विरोध गरेर हिँडेको भन्दै असन्तोष जनाएका थिए । ७३ सालदेखि आजसम्म व्यवसायीहरु प्राधिकरणमा कुरा गर्न नआएको उनको गुनासो थियो । ‘हाम्रो पोल प्रयोग गर्ने तर हामीलाई नै मतलब नराख्ने त ठीक भएन होला,’ घिसिङले भनेका थिए ।

व्यवसायीले भने आफूहरुसँग कुनै छलफल नगरी अन्धाधुन्द पोलभाडा बढाइएको भन्दै असन्तुष्टि जनाए । तत्काल तार काट्ने कार्य स्थगित गर्न तयार भए पछि बढाइएको भाडा फिर्ता गर्ने कुरामा भने कुलमान सहमत देखिएका छैनन् । समस्या समाधानका लागि सर्वपक्षीय समिति बनाउने निर्णय भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds