काठमाडौँ । सरकारले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ । गृहमन्त्रालयले २ सहसचिव र ५ उपसचिवसहित १६ जना कर्मचारीको सरुवा गरेको हो ।
इलाका प्रशासन कार्यालय टीकापुरमा कार्यरत मोहनराज जोशीलाई डडेल्धुरामा पठाइएको छ भने डडेल्धुरामा कार्यरत हरि प्रसाद घिमिरेलाई गृहमन्त्रालय सिंहदरबारमा तानिएको छ ।
मन्त्रालयले गृह मन्त्रालयमा कार्यरत सह–सचिव कमलराज ढकाललाई जिल्ला प्रशासन कार्यालय भोजपुरमा सरुवा गरेको छ ।
यस्तै, सह–सचिव जय नारायण आचार्यलाई जिल्ला प्रशासन कार्यालय कास्कीमा सिडीओ बनाएर पठाइएको छ भने कास्कीमा प्रमुख जिल्ला अधिकारी रहेका थानेश्वर गौतम गृह मन्त्रालय तानिएका छन् ।
त्रिभुन अन्तराष्ट्रिय विमानस्थलमा कार्यररत प्रमुख अध्यागमन अधिकृत सुशील वैद्यलाई लमजुङको सीडीओ बनाएर पठाइएको छ ।
त्यस्तै डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोम बहादुर महत, मनाङमा रविन्द्र प्रसाद आचार्य, म्याग्दीमा चिरञ्जीवी राना, रसुवामा नवराज जैसी, तेह्रथुममा अनुज कुमार घिमिरेलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।
लमजुङका सीडीओ होमप्रसाद लुईँटेल र रसुवाका सीडीओ इश्वरीप्रसाद ढकाललाई गृह मन्त्रालयमा ल्याइएको छ । इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव डोरेन्द्र निरौलालाई जगन्नाथदेवल काठमाडौँको जेलर बनाएर पठाएको गृह मन्त्रालयले जनाएको छ ।
कहाँ कसलाई पठाइयो

सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो