एमालेमा अब १५ जना पदाधिकारी रहने

एमालेमा अब १५ जना पदाधिकारी रहने

UML-Bidhan-bahadhibesan

काठमाडौँ । नेकपा (एमाले)मा १५ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव गरिएको छ ।

ललितपुरको गोदावरीमा जारी प्रथम विधान महाधिवेशनमा आइतबार उपमहासचिव विष्णु पौडेलले १५ सदस्यभन्दा माथिको पार्टी पदाधिकारी बनाउन नहुने बताएका हुन् ।

जसमा केन्द्रीय अध्यक्ष एकजना रहनेछन् । यस्तै, एक वरिष्ठ उपाध्यक्ष र चार उपाध्यक्ष रहने प्रस्ताव छ । अर्थात्, उपाध्यक्षको संख्या पाँच हुनेछ ।

उपमहासचिव एक र सचिव सातजना रहने गरी पदाधिकारी बनाउने तयारी पार्टीको छ ।

यस्तै पोलिटब्युरो हटाइएको छ भने स्थायी कमिटीमा ४५ जना र केन्द्रीय समितिमा दुई सय २५ जना सदस्य रहने व्यवस्था गरिएको छ । दस्तावेजहरूमाथि उठेका प्रश्नको अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिएपछि महाधिवेशन आजै सकिनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds