आज विश्व अहिंसा दिवस

आज विश्व अहिंसा दिवस

International-Day-of-Non-Violence (1)

काठमाडौँ । आज अक्टुबर २ अर्थात् विश्व अहिंसा दिवस । विश्वभर शान्ति, सुरक्षाको कामना गर्दै आज विश्व अहिंसा दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्र संघको आह्वानमा अहिंसावादी नेता महात्मा गान्धीको जन्मदिनको अवसर पारेर राष्ट्रसंघ आवद्ध मुलुकहरुमा सन् २००७ देखि हरेक बर्ष अक्टोबर २ अर्थात आजकै दिन विश्व अहिंसा दिवस मनाउने गरिन्छ ।

विश्व अहिंसा दिवसका लागि सहमति जनाएका विश्वका १९३ देशले सन् २००८ देखि यो दिवस मनाउँदै आएका छन् । महात्मा गान्धीले अहिंसाका माध्यमबाटै भारतलाई बेलायती उपनिवशेबाट मुक्त गराउन अहम् भूमिका निर्वाह गरेका थिए ।

नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै विश्व अहिंसा दिवस मनाउने गरिन्छ ।

यस वर्ष पनि शान्ति, मानवअधिकार र अहिंसाको क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाले विविध कार्यक्रम आयोजना गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds