साफ च्याम्पियनसिप २०२१ नेपालले विजयी सुरूवात गरेको छ। आयोजक राष्ट्र माल्दिभ्सलाई उसको घरेलु मैदानमा नै हराउँदै इतिहास रचेको हो ।
शुक्रबार राति भएको आफ्नो पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १-० गोलले पराजित गरेको हो। माल्दिभ्स साफको साविक विजेता हो। नेपालको जितमा सब्सिच्युट खेलाडी मनिष डाँगी नायक सावित भए। उनले खेल सकिन चार मिनेट बाँकी छदा गोल गरेका थिए।
कतारमा तयारी गरेर ओमानविरुद्ध अभ्यास खेल खेलेपछि माले पुगेको नेपाली राष्ट्रिय टोलीले आयोजक माल्दिभ्सविरुद्धको खेलमा अन्तिम ८६ मिनेटमा गोल गर्दै जित हासिल गरेको हो ।
विशाल राईले उपलब्ध गराएको पासमा मनिषले ८६ मिनेटमा उत्कृष्ट फिनिसिङ गरेका थिए। मनिष खेलको ६९ मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान छिरेका थिए।
पहिलोपल्ट साफ च्याम्पियन बन्ने अभियानमा रहेको नेपाली टिमले दक्षिण एसियाली फुटबलकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको तयारीमा दशरथ रंगशालामा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल पनि खेलेको थियो । डिफेन्डिङ च्याम्पियन पनि हो माल्दिभ्स । उपाधि विजेतालाई सुरुमा नै हराएर नेपालले आफूलाई यो पटकको उपाधि दाबेदारको सन्देश दिएको छ ।
यस आधारमा कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका टिम राम्रो तयारीसाथ माले पुगेको भन्न मिल्छ । अल्मुताइरीको मुख्य लक्ष्य पनि साफको उपाधि नै हो, जहाँ नेपाली टिम हालसम्म सेमिफाइनलभन्दा माथि उक्लिएको छ ।
ढाकामा भएको साफ २०१८ को उपाधि यात्रामा माल्दिभ्सले नेपाललाई सेमिफाइनलमा ३–० ले हराएको थियो । टोलीले फाइनलमा भारतलाई २–१ ले पन्छाउँदै दोस्रोपल्ट साफको ट्रफी कब्जा गरेको थियो । यस प्रतियोगितामा नेपालले हालसम्म माल्दिभ्सलाई हराएको छैन । यो नै पहिलो इतिहास हो ।
यसअघि शुक्रबार नै भएको उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई १-० गोलले पराजित गरेको थियो। यसपटकको साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ।
पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ।
साफमा नेपालको खेल
नेपाल भर्सेस माल्दिभ्स – असोज १५ गते – राति ९:४५ बजे (नेपाल १-० ले विजयी)
नेपाल भर्सेस श्रीलंका – असोज १८ गते – राति ९:४५ बजे
नेपाल भर्सेस भारत – असोज २४ गते – राति ९:४५ बजे
नेपाल भर्सेस बंगलादेश – असोज २७ गते – अपरान्ह ४:४५ बजे
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते