माधव नेपाल एमाले विभाजन गराउने मुख्य योजनाकार हुन्ः केपी ओली

माधव नेपाल एमाले विभाजन गराउने मुख्य योजनाकार हुन्ः केपी ओली

kp-sharma-oli

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गराउने मुख्य योजनाकार माधवकुमार नेपाल भएको आरोप लगाएका छन्। गोदावरीमा जारी पार्टीको विधान अधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै ओलीले सो आरोप लगाएका हुन् ।

उनले पार्टी विभाजन गर्ने नेपालको योजनामा साथ नदिएर पार्टी एकताको पक्षमा उभिएको भन्दै उपाध्यक्ष भीम रावलसहितका नेताहरूले स्वागतयोग्य काम गरेको टिप्पणी गरेका छन् ।

ओलीले भने, ‘पार्टी एकता जोगाउन प्रदर्शित अधिकतम लचकताका बाबजुद हरहालतमा पार्टी विभाजन गरिछाड्ने माधव नेपालको योजना स्पष्ट भएपछि पार्टीभित्रको अन्तर्संघर्षमा साथमा रहनुभएका अधिकांश कमरेडहरू त्यसलाई अस्वीकार गरेर एकताको पक्षमा उभिनुभएको छ।

यो स्वागतयोग्य निर्णय हो।’ओलीले पार्टीको एकतालाई जोगाउनका लागि माओवादी केन्द्र पृष्ठभूमि भएका रामबहादुर थापालगायतका नेताहरूले सकारात्मक योगदान पुर्याएको पनि स्पष्ट पारे।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds