माधव नेपाल ‘एमाले विभाजनको मुख्य योजनाकार’ – अध्यक्ष ओली

माधव नेपाल ‘एमाले विभाजनको मुख्य योजनाकार’ – अध्यक्ष ओली

kp_oli

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधवकुमार नेपाल भएको आरोप लगाएका छन् ।

अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने माधव नेपालको योजनामा साथ नदिएर पार्टी एकताको पक्षमा उभिएको भन्दै उपाध्यक्ष भीम रावलसहितका नेताहरूले स्वागतयोग्य काम गरेको टिप्पणीसमेत गरे ।

अध्यक्ष ओलीले पार्टीको एकतालाई जोगाउनका लागि माओवादी केन्द्र पृष्ठभूमि भएका रामबहादुर थापालगायतका नेताहरूले सकारात्मक योगदान पु¥याएको पनि स्पष्ट पारे ।

उनले नेकपा एमालेलाई विभाजन गराउन र माधव नेपालहरूलाई वैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको भूमिका समेत सहयोगी भएको दाबीसमेत गरे । उनले त्यस्ता खालका गतिविधिको आफ्नो पार्टीले कानुन सम्मत ढंगले उपचार खोज्ने चेतावनीसमेत दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds