प्रचण्डले भावुक हुँदै भने -‘आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प आयो’

प्रचण्डले भावुक हुँदै भने -‘आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प आयो’

prachanda

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भावुक हुँदै आफूलाई आत्महत्या गर्ने सोच आएको बताएका छन्।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा प्रचण्डले ५ पुसको संसद विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प आएको उनले बताए।

भगत सिंहको फिल्मको सन्दर्भ निकाल्दै उनले चन्द्रशेखर आजादले एक मुठी माटो लिएर (धर्ती माता)मा यति नै रहेछ गर्न भनेर आत्महत्या गरेको प्रसंग उनले सुनाए । उनले अहिले आएर आफ्नो अगाडि पनि सोही अवस्था आएको बताउँदै ‘हज्जारौँ सहिदहरु र हज्जारौँ घाइते अपाङ्गहरुको ऋण आफ्नो टाउकोमा रहेको बताउँदै फेरी लडाई गर्ने कि आत्मसमर्पण गर्ने भन्ने विकल्प आएको बताए ।’

उनले अगाडि भने – ‘मैले यात सकिन अब यत्ती नै रहेछ भनेर आत्महत्या गर्नपर्ने यात, फेरिपनि लड्न पर्ने, मृत्यु या मुक्ती भन्ने अवस्थामा पुगेको बताए।” उनले पार्टी भित्रका सबैको सल्लाहमा आफूहरु पुनः क्रान्तिकारी ढंगले पूरा जोखिम उठाएर लड्ने र मारिनु पर्छ भनेपनि तयार रहेर प्रतिक्रान्तिकारी र प्रतिगमन विरुद्ध लड्ने संकल्प लिएर अगाडि बढेको दाबी गरे।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ